दफा ९
सरलीकृत ग्राहक पहिचान हुन नसक्ने
(१) सूचक संस्थाले देहायको अवस्था भएको ग्राहकको हकमा तत्काल सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि- गर्न आवश्यक पर्ने छैन:-
(क) ग्राहक विदेशी भएमा,
(ख) सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड बृहत् रूपमा पालना नभएको मुलुकको ग्राहक वा त्यस्तो मुलुक वा सो मुलुकको कुनै व्यक्तिसँग मुख्य कारोबार गरेमा,
(ग) ग्राहक सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड बृहत् रूपमा पालना नभएको मुलुकको धितोपत्र बजारमा सूचीकृत रहेको भएमा,
(घ) कानूनी व्यक्ति वा कानूनी प्रबन्धको वास्तविक धनीको विवरण सार्वजनिक रूपमा उपलब्ध हुन सक्ने अवस्था नरहेमा,
(ङ) ग्राहक वा वास्तविक धनी उच्च पदस्थ व्यक्ति भएमा,
(च) उच्च जोखिम देखिएको वा शङ्कास्पद ग्राहक भएमा, बा
(छ) जोखिम; मूल्याङ्कनको आधारमा मध्यम वा सोभन्दा माथिल्लो जोखिम वर्गमा परेको ग्राहक भएमा ।
(२) सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धमा नियमनकारी निकायले आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ।